logo

२०८२ फाल्गुन २४ आईतवार

logo
  • २०८२ फाल्गुन २४ आईतवार
  • चीनले गोप्यरुपमा आणविक परीक्षण गरेको अमेरिकाको दाबी

    844Shares
    चीनले गोप्यरुपमा आणविक परीक्षण गरेको अमेरिकाको दाबी

    बेइजिङ । चीनले गोप्यरुपमा आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ ।

    जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले चीनले गोप्यरुपमा आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको जानकारीमा रहेको र यसको आफूले पुष्टि गर्न सक्ने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएको वर्षको अन्त्यतिर पनि यस्तै आरोप लगाउनुभएको थियो । शीर्ष आणविक शक्ति देशहरु अमेरिका र रूसबीचको अन्तिम सन्धि ‘न्यू स्टार्ट’ को म्याद हालै सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्नका लागि रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वान गर्ने नयाँ अमेरिकी योजना प्रस्तुत गरिरहेका बेला पछिल्लो टिप्पणी आएको हो । चीनले यसअघि नै निशस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार