काठमाडौं, नेपाल – नेपालको आफ्नै सामाजिक र डिजिटल प्लेटफर्म, ग्लोबल डायरीले आधिकारिक रूपमा ‘ग्लोबल डायरी स्टुडेन्ट एम्बेसडर प्रोग्राम‘ (GDSAP) को सुरुवात गरेको छ । यो कार्यक्रम विद्यार्थीहरूको सीप विकास गर्ने, डिजिटल साक्षरता प्रवर्द्धन गर्ने र नेपालभरका युवाहरूलाई भविष्यको नेतृत्वका लागि सशक्त बनाउने उद्देश्यका साथ एक विशेष पाइलट तालिमको रूपमा डिजाइन गरिएको हो।
डिजिटल प्लेटफर्महरूको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै, GDSAP ले विद्यार्थीहरूलाई डिजिटल अपरेसन, नेतृत्व र सामुदायिक निर्माणमा प्रत्यक्ष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले ग्लोबल डायरीलाई विद्यार्थीहरूको शैक्षिक वातावरणसँग जोड्दै उनीहरूमा उद्यमशील सोच र जिम्मेवार सामाजिक सञ्जाल प्रयोगको विकास गर्नेछ ।
कार्यक्रमका मुख्य विशेषताहरू:
“GDSAP केवल एक प्रवर्द्धनात्मक अभियान मात्र नभई नेपाली युवाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा गौरवपूर्ण परियोजना हो,” ग्लोबल डायरी व्यवस्थापन टोलीले जनाएको छ । “हामी देशभर डिजिटल रूपमा सचेत र आत्मविश्वासी विद्यार्थीहरूको सञ्जाल बनाउन चाहन्छौं, जसले आफ्नो शिक्षण संस्थाको प्रतिनिधित्व गर्दै स्वदेशी डिजिटल प्लेटफर्मको विकासमा योगदान पुर्याउन सकुन्” ।
आवेदन प्रक्रिया: सबै शैक्षिक संकायका स्नातक तह (Bachelor level) मा अध्ययनरत इच्छुक विद्यार्थीहरूले तल दिइएको आधिकारिक लिंक मार्फत आवेदन दिन सक्नुहुनेछ: आवेदन लिंक: https://forms.gle/iPffKP4UE2c7ovMd9
पहिलो ९० दिनभित्र देशभरका कलेजहरूमा सक्रिय डिजिटल समुदाय निर्माण गर्ने ग्लोबल डायरीको लक्ष्य रहेको छ ।
कार्यक्रमबारे थप जानकारी वा आवेदनका लागि ग्लोबल डायरीलाई +९७७-९७०५९९०६६४ मा सम्पर्क गर्न वा support@globaldiary.com मा इमेल गर्न सकिनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया