logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • आफ्नै पार्टीको विधान संशोधनको निर्णयप्रति एमाले उपाध्यक्ष पाण्डेको आपत्ति

    1KShares
    आफ्नै पार्टीको विधान संशोधनको निर्णयप्रति एमाले उपाध्यक्ष पाण्डेको आपत्ति

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट भएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै पाण्डेले विधान अधिवेशनको औचित्य नै समाप्त पार्ने काम भएको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

    ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने–यो सरासर मनपरी होइन भने के हो ?,’ पाण्डेले सोधेका छन् ।

    उनले पार्टीको यो निर्णय मनपरीतन्त्र भएको भन्दै त्यसविरुद्धको लडाइँ जारी रहेको पनि बताए । ‘अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ । यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ,’ उनले भनेका छन् ।

    एमालेको दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधनको निर्णय गरेको हो । गत भदौमा मात्रै भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ रहनेगरी निर्णय भएको थियो । यद्यपि उक्त निर्णय यथावत् राख्ने बताएको एमालेले अन्तिम समयमा संशोधन हुन लागेको हो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट