काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आजसम्म मात्र दल दर्ता गर्न पाउनेछन् ।
आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूका लागि मङ्सिर १० गतेसम्म दर्ता गर्न समयसीमा निर्धारण गरेको थियो । आयोगका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन हो । आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मङ्गलवारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया