logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • बाबुराम, जनार्दन र सन्तोष एकै ठाउँमा, आज पार्टी घोषणा गर्दै

    898Shares
    बाबुराम, जनार्दन र सन्तोष एकै ठाउँमा, आज पार्टी घोषणा गर्दै

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारको समूहबीच आइतबार एकता घोषणा हुँदैछ ।

    राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै उनीहरूले नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गर्ने सहमति गरेका हुन् ।

    नयाँ पार्टी चुनावका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ। चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ। महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहनेछ।

    घोषणाअघि तीनै पक्षले आ–आफ्ना बैठक र भेला सम्पन्न गरिसकेका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्माले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल गरेका बुझिएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट