logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • एमाले संसद् विघटनविरुद्ध सर्वोच्च जाने, खटिए महेश बर्तौला र सुनिता बराल

    961Shares
    एमाले संसद् विघटनविरुद्ध सर्वोच्च जाने, खटिए महेश बर्तौला र सुनिता बराल

    काठमाडौं । नेकपा एमालेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ। आज बसेको विघटित संसदीय दलको बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्षसहित रिट निवेदन लैजाने निर्णय गरेको हो।

    संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा मुद्दा लैजान एमालेले महेश बर्तौला र सुनिता बराललाई खटाएको छ। बैठकले गरेको निर्णयमा भनिएको छ, ‘…प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो जे कामकारबाही गर्नु पर्दछ सो गर्ने गरी दलको तर्फबाट उल्लेखित विषयमा आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानुन व्यवसायी मुकरर लगायतका कार्य गर्न अधिकार रहने गरी बैठकले अख्तियारी दिने निर्णय गरेको छ।’

    संविधान, विधिको शासन, लोकतन्त्र र जनतामा निहित सार्वभौमसत्ताको रक्षाका लागि असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभामा क्रियाशील सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न सङ्घ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेसा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई असंवैधानिक ढङ्गबाट गरिएको संसद् विघटनको विरोध गर्दै गर्न आह्वान गरेको छ।

    राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, संविधान र लोकतन्त्रीक प्रणालीको पक्षमा आयोजना गर्ने जनप्रदर्शन लगायतका सम्पूर्ण कार्यक्रमहरूमा सक्रियताका साथ सहभागी हुने निर्णय पनि गरेको छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट