logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • इलाम २ मा कांग्रेसका खड्कालाई उछिने स्वतन्त्र उम्मेद्वार थेगिमले

    901Shares
    इलाम २ मा कांग्रेसका खड्कालाई उछिने स्वतन्त्र उम्मेद्वार थेगिमले

    इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ। अहिलेसम्मको मत परिणामअनुसार त्यहाँ सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन्। उनले अहिलेसम्म ११ हजार ७८ मत प्राप्त गरेका छन्।

    माई नगरपालिकाको मत गणना भइरहँदा मुढा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम नेपाली कांग्रेसका डम्बर खड्काभन्दा अघि लागेका छन्।

    माई नगरपालिका वडा नम्बर ६ को मत गनिसक्दा थेगिम ७ हजार ४५२ मतसहित दोस्रो स्थानमा उक्लिएका हुन्। यसअघि उनी लगातार तेस्रो स्थानमा थिए।

    तेस्रो स्थानमा झरेका कांग्रेसका डम्बर खड्काले अहिलेसम्म ७ हजार ३२४ मत पाएका छन्। यसअघि उनी दोस्रो स्थानमा थिए।



    फास्ट न्युज    
  • २०८१ बैशाख १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट