logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि दूतावासले थाल्यो नाम दर्ता

    1.2KShares
    इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि दूतावासले थाल्यो नाम दर्ता

    काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली ‍दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित दूतावासले एक सूचना प्रकाशित गर्दै नेपालीको उद्दार तथा स्वदेश फिर्ती प्रयोजनका लागि भन्दै अनलाइन रजिष्ट्रेसन प्रक्रिया थालेको हो ।

    “इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,” दूतावासले सूचनामा भनेको छ ।

    इजरायल र इरानबीच युद्ध चर्किएपछि विभिन्न राष्ट्रले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ । उद्दार तथा स्वदेश फिर्ताका लागि गुगल फारम भर्नुपर्नेछ । माथिको लिंकमा क्लिक गरेमा गुगल फारम खुल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट