logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • गफ गर्दिनँ, कामको कुरा मात्रै ब्रिफिङ गर्छु : नवनियुक्त खेलकुदमन्त्री गुप्ता

    1.1KShares
    गफ गर्दिनँ, कामको कुरा मात्रै ब्रिफिङ गर्छु : नवनियुक्त खेलकुदमन्त्री गुप्ता

    काठमाण्डाै – नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताउनुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारमा रहेकाे मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उहाँले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताउनुभएको हो ।

    विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा देश बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने सङ्कल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाइ थियो । उहाँले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पहिला हामी कामै गरौँ, काम गरेपछि निर्णयहरू हामी तपाईँहरूको अगाडि प्रस्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरूले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग समय थाेरै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौँ ।’



    फास्ट न्युज    
  • २०८२ कार्तिक १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट