logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

    1.1KShares
    काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

    काठमाडौँ । काठमाडौँमा राति नौं बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै देउँसी-भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९ बजेसम्म गर्न समय तोकिदिएको छ ।

    कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

    दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट