logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

    946Shares
    भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ ।भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुर गाउँपालिका-५ द्वारखोलाको पुलनजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको नाम खुलिसकेको छैन । हरिहरपुर गाउँपालिका(५ का वडाध्यक्ष कमलकुमार राईले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । तर उनले मृतकको सनाखत भइनसकेको बताए ।

    बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए। बसमा ४७ जना यात्रु सवार थिए । घाइतेहरूलाई कपिलकोट र सिन्धुली जिल्ला अस्पताल पठाइएको उनले बताए । बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भएपछि क्रेनले तानेर निकालिएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट