logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • छैटौं सातामा महाजात्राको प्रदर्शन

    829Shares
    छैटौं सातामा महाजात्राको प्रदर्शन

    षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृंखला फिल्म ‘महाजात्रा’ प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ । फिल्म ५१ औं दिनको यात्रामा अघि बढेको छ । अहिले पनि उल्लेख्य शो यसको सकारात्मक पक्ष हो ।

    निर्माता म्याक्स दीपेश खत्रीले पाँचौं सप्ताहन्तमा पनि फिल्मको अकुपेन्सी र शो संख्याले आफूहरु उत्साहित रहेको बताए । प्रदीप भट्टराई निर्देशित यो फिल्म मुख्य मल्टिप्लेक्समा अहिले पनि चलिरहेको छ ।

    ‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको सन्देशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौं,’ निर्देशक भट्टराईले भने ।

    क्यूएफएक्सका भक्तपुर भाटभटेनीमा ४, लबिम मलमा २, सिभिलमा ३, छाया सेन्टर र राइजिङ मलमा १–१ शो छ ।  नेपालगन्ज, बुटवल, दमौली, नारायणगढ र इटहरीमा १–१ शोसहित फिल्म चलिरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १५, शनिबार ०९:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार