logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • असोज ११ मा प्रदर्शन चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

    877Shares
    असोज ११ मा प्रदर्शन चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

    काठमाडौं । यही असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो ।

    यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन् ।

    “मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्। यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराई सम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण हो,” पोस्टर रिलिज गर्दै निर्देशक योन्जनले भनेका छन्, “दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो।”

    निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ।

    कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ।फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । ‘आँखा’लाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट