logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म ‘बलिदान’ को प्रचार शुरु

    1.1KShares
    ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म ‘बलिदान’ को प्रचार शुरु

    काठमाडौँ । सन्तोष सेनको नयाँ फिल्म बलिदानको प्रचार शुरु गरिएको छ । निर्देशक सेनले बालाजुस्थित ल्होत्से मलमा सिनेमाटिक पोष्टर राखेर फिल्मको प्रचारको शुरुवात गरेको जानकारी दिएका छन् ।

    बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता समीर भट्टलाई रगतले लतपतिएका र रिसाएको मुद्रामा देखाइएको छ ।

    निर्देशक सेनले एउटा सिनेमाटिक क्रान्तिको सुरुवात भन्दै विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि  गर्वका साथ बलिदान केवल चलचित्र नभएर अब एउटा अभियान बनिसकेको बताएका छन् ।

    यस अघि प्रेमगीत- ३ निर्देशन गरेका सेनको यो दोस्रो निर्देशकीय फिल्म हो ।

    फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ । यो फिल्म यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन आउदैछ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट