logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • आज संविधान दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

    982Shares
    आज संविधान दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

    काठमाडौं । संविधान दिवसका अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । पार्टी कार्यालयमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार च्यासलमा जम्मा भएर त्यहीँ कार्यक्रम मनाउने तयारी गरिएको छ । कुनै र्‍याली गर्ने कार्यक्रम छैन । पार्टी कार्यालयमा नेता कार्यकर्ताहरू उपस्थित भएर संविधानको उपलब्धिको चर्चा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अपिल गर्ने एमालेले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक निजी सम्पत्तिमाथि क्षति तथा संलग्नलाई कारबाहीको लागि यथाशीघ्र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन
    तोकिएकै समयमा निर्वाचन गराउन ध्यानाकर्षण सहित जनतामा आव्हान गरिने उनले बताए ।

    अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने अहिलेसम्म केही जानकारी दिइएको छैन । उनले सहभागी हुने अहिलेसम्म कार्यक्रम भने बनिनसकेको बताए ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट