logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • वामपन्थी नेता मणिक लामाको आज अन्त्येष्टि

    2.6KShares
    वामपन्थी नेता मणिक लामाको आज अन्त्येष्टि

    काठमाडौं । फोक्सोको उपचारका क्रममा भारतको चेन्नाइमा निधन भएका वामपन्थी नेता मणिक लामाको आज  (सोमबार)अन्त्येष्टि गरिने भएको छ । उनको आज ११ बजे बौद्ध परम्परा अनुसार अन्त्येष्टि गर्न लागिएको लामाकी छोरी एवं एमाले सांसद नविना लामाले जानकारी दिएकी छिन् ।

    स्वयम्भू स्थित बुद्ध धर्म सेवा संघको परिसरमा शोकसभा गरेर त्यहाँ स्थित घाटमा लामाको अन्त्येष्टि गरिन लागिएको हो । उनले २०३५ सालमा बामपन्थी नेता श्याम श्रेष्ठबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

    राजनीतिसँगसँगै सामाजिक रूपमा पनि सक्रिय लामाले पञ्चायतविरूध्द राजनीतिक अभियानमा अग्रणी भूमिका खेलेका कारण तत्कालीन राज्यसत्ताले  पटकपटक जेल सजाय दिएको थियो । लामाले राजद्रोहको मुद्दामा तीनवर्ष जेल सजाय समेत विताएका थिए । ६५ वर्षीय लामाका एक श्रीमती , तीन छोरी र एक छोरा छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट