logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • केही दिनदेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

    1.1KShares
    केही दिनदेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

    काठमाण्डौ । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो ।

    सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

    यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले आज मङ्गलवारदेखि परीक्षणको काम शुरू गरिने सूचनामा उल्लेख छ ।

    यसअघि आवेदन गरिसकेका अर्थात बायोमेट्रिकसमेत भइसकेका सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका नेपाली नियोगहरूमा पठाउन शुरू गरेको सूचनामा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार