logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • निवर्तमान प्रधानमन्त्री ओली ब्यारेकबाट बाहिरिए, अब डेरामा बसाइ

    919Shares
    निवर्तमान प्रधानमन्त्री ओली ब्यारेकबाट बाहिरिए, अब डेरामा बसाइ

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली डेरामा बस्न थालेका छन् । उनी बिहीबार दिउँसो सैनिक ब्यारेकबाट फर्किएर डेरामा बस्न थालेका हुन् । २३ र २४ गते भएको जेनजीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते दिउँसो सेनाको हेलिकप्टरमा ललितपुरको लेलेस्थित सैनिक ब्यारेक पुगेका ओली डेरामा बस्न थालेका हुन् ।

    यसअघि निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका छन्। अहिले उनका लागि भक्तपुरस्थित गुण्डुमा डेरा खोजिएको छ। सबै व्यवस्था भएपछि एमाले नेता कार्यकर्ताले उनलाई गुण्डु पुर्‍याएका हुन्।

    ुउहाँ सैनिक ब्यारेकबाट बाहिर आउनु भयो। केही दिन उहाँ अब गुण्डु बस्नुहुन्छु एमाले नेता महेश बर्तौलाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

    भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो।

    आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए।

    उनी हेलिकप्टरमा भागेलगत्तै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासका केही भवन जलाएका थिए।

    एमालेले भोलि संविधान दिवसको अवसरमा जेनजी आन्दोलनकारीले ध्वस्त बनाएको पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गर्ने जनाएको छ। उक्त कार्यक्रममा ओलीलाई सार्वजनिक गरिने नेता महेश बस्नेतले बताएका छन्।

    तर, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्ष ओली तत्काल कुनै औपचारिक कार्यक्रममा सहभागी नहुने बताएका छन्।



    फास्ट न्युज    
  • २०८२ आश्विन २, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट