logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • ‘जेन्जी’ प्रतिनिधि र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता

    1.1KShares
    ‘जेन्जी’ प्रतिनिधि र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता

    काठमाण्डौ – ‘जेन्जी’ प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने भएको छ । गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग सामान्य तहमा कुराकानी गरेपछि आज औपचारिक वार्ता राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुँदैछ ।

    आज हुने वार्तामा नयाँ सरकार गठनदेखि आगामी प्रक्रियाका विषयमा छलफल हुनेछ । जेनजी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ चुनावको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।

    त्यसअघि काठमाण्डौका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भन्नुभएको थियो । तर, यसका लागि संसद् विघटन गर्नुपर्ने उहाँको शर्त छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार