logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • कांग्रेस सभापति देउवाले भने- गभर्नर नियुक्तिमा ढिलाइ प्रधानमन्त्रीका कारण होइन

    934Shares
    कांग्रेस सभापति देउवाले भने- गभर्नर नियुक्तिमा ढिलाइ प्रधानमन्त्रीका कारण होइन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइ प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नभएको ठोकुवा गरेका छन् । नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले ढिलाइ भएको देउवाले प्रष्ट पारे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए । “प्रधानमन्त्री केपी शर्मा ओलीजीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिनुभएको छ,” उनले भने ।सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पारे । अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक विकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे । आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पूरा नहुने स्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरू खुलेको भन्दै सबै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर गरे । उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारीहरूको भएको भन्दै उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट