logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • हनुमानढोकामा लिङ्गो ठड्याएसँगै काठमाडाैंकाे प्रसिद्ध इन्द्रजात्रा शुरू

    979Shares
    हनुमानढोकामा लिङ्गो ठड्याएसँगै काठमाडाैंकाे प्रसिद्ध इन्द्रजात्रा शुरू

    काठमाडौं । काठमाण्डौको प्रसिद्ध इन्द्रजात्रा शुरू भएको छ । बिहीबार हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै शुरू भएको जात्रा आठ दिनसम्म मनाइन्छ ।बिहान १० बजेर ३१ मिनेटको साइतमा लिङ्गो ठड्याइएको हो । इन्द्रजात्रा मनाउनका लागि भदौ ९ गते वनयात्रा शुरू गरेर त्यही दिन बेलुका रुख काटेर लिङ्गो बनाइको थियो ।

    लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको थियो । भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने छ । २६ गते राति १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो ढालेपछि यस वर्षको इन्द्रजात्रा सकिन्छ ।

    इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें याः’ भनिन्छ । ‘यें’ भनेको कान्तिपुर नगर र ‘याः’ भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

    इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार