logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • विपक्षी सांसदकाे अडान कायमै, प्रतिनिधिसभाको बैठक स्थगित

    946Shares
    विपक्षी सांसदकाे अडान कायमै, प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुखले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    यसअघि, बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षी दलहरूको अडान नछाडेपछि बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी सारिएको थियो ।

    सदन चलाउने विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले आजै शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सहमति जुट्न सकेन ।

    विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।।



    फास्ट न्युज    
  • २०८१ चैत्र १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार