logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड बराबरका सामान आयात

    1.1KShares
    साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड बराबरका सामान आयात

    वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१र८२ को साउनमा ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

    चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१र८२ को साउनमा १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट