logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • असोज १ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन

    1.2KShares
    असोज १ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन

    काठमाडौं । असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न यातायात व्यवस्था विभागले निर्देशन दिइएको छ । मंगलबार एक सूचना निकालेर विभागले गाडी धनीलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो ।

    प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट जडान गर्नुरगराउन भनिएको छ ।

    गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट