logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

    1.2KShares
    भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

    काठमान्डौं  संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ।अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको हो।

    अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार दोब्बर गरिएको बताए।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।

    भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई ‘अर्थहीन’ र राजनीतिक प्रचार भनेर वर्णन गरेका छन्।उनले यसलाई राजनीतिक प्रचार भनेका छन्।



    फास्ट न्युज    
  • २०८२ श्रावण २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट