logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता किन ?

    961Shares
    प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता किन ?

    काठमाडौं, साउन ४ गते । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविचकाे आजकाे  भेटवार्तालाइ चासाेका साथ हेरिएकाे छ ।  उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उनीहरुको च्यासलमा भेटवार्ता  भएकाे हाे  ।

    एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको थियो । सोअघि विधान मस्यौदाबारे सचिवालय बैठकमा छलफल भएको थियो ।

    पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष खारेज गर्ने र दुई कार्यकाल व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएको छ । आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरुको भनाइ छ ।

    प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपतिबिच पार्टीको आन्तरिक विषयमा छलफल हुने भएपछि चासोका साथ हेरिएको छ । पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिनुभयो । दुई नेताहरुबिचको भेटले पार्टीको आन्तरिक जीवनमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट