logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

    शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

    754
    SHARES
    शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

    वासिङ्टन, डिसी, २३ साउन । इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।



    यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समय–समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

    सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहनुभएकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकामा प्रशन्नता प्रकट गर्नुभयो । यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उहाँले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।


    फास्ट न्युज
  • बुधबार, २३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट