logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुस् : गगन थापा

    958Shares
    घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुस् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन्। मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले प्रधानमन्त्रीलाई मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न अनुरोध गरेका छन्। थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने भन्दै छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए।

    ३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन् । मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएको छ । बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए ।

    ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’ कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौंमा गरेको कार्यक्रममा सोमबार बोल्दै महामन्त्री थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने बताए ।

    ‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ,’ थापाले भने, ‘संलग्न भएका अरू को–को छन् रु कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ । तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ ।’



    फास्ट न्युज    
  • २०८२ असार ३०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट