logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • रसुवामा बाढीका कारण तीन प्रहरीसहित १८ बेपत्ता, नौजनाको उद्धार

    1.2KShares
    रसुवामा बाढीका कारण तीन प्रहरीसहित १८ बेपत्ता, नौजनाको उद्धार

    काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार जिल्लाको टिमुरेमा बाढीले १८  जना बेपत्ता भएका हुन् ।

    तीनजना प्रहरी, चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका र नौजनाको उद्धार गरिएको उनले बताए । उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।

    बाढीले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगाएको छ । भीषण वर्षासँगैको बाढी र पहिरोका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

    यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने जानकारी आएको छ । क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट