logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला सानेपा पुगे शिक्षामन्त्री

    1.1KShares
    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला सानेपा पुगे शिक्षामन्त्री

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्त सानेपा पुगेका छन् । सोमबारदेखि सुरू भएको बैठककै क्रममा शिक्षामन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवासँग विद्यालय शिक्षा विधेयकबारे छलफलका लागि सानेपा पुगेका हुन् ।

    अहिले सभापति देउवा र शिक्षामन्त्री पन्तबीच शिक्षासम्बन्धी विधेयकबारे छलफल भइरहेको छ । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी छन् । विद्यालय शिक्षा विधेक अहिले पनि संसदीय समितिमा अड्किएको छ । यही असारभित्र पारित गर्ने भनिए पनि संसदीय समितिमै सहमति हुन नसक्दा सरकारमाथि दबाब बढेको छ ।

    नेपाल शिक्षक महासंघले सोमबार मात्रै संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकलाई लिएर फेरि आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । यस्तोमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच यसबारे एकमत बनाउन पन्त सानेपा पुगेका हुन् ।

    महासंघसँग गत वैशाख १७ गते आफूहरूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभए फेरि आन्दोलनमा होमिने चेतावनी सोमबार एक वक्तव्य जारी गर्दै महासंघले चेतावी दिएको छ ।

    संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकबारे अहिले छलफल चलिरहेको छ । तर निजी विद्यालयलाई भविष्यमा के गर्ने रु, राहत शिक्षकहरूको व्यवस्थापन कसरी गर्नेसहितका विषयमा अझै पनि सहमति जुटिसकेको छैन। यस्तो अवस्थामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा मगरले सोमबार एक वक्तव्य जारी गर्दै सहमति अनुसार यथाशीघ्र विधेयक पास गर्न भनेका छन् ।

    ‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा नेपाल शिक्षक महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ,’ अध्यक्ष सुवेदी र महासचिव थापाले भनेका छन् ।



    फास्ट न्युज    
  • २०८२ असार १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट