logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • बोलिरहेका अमरेशलाई सभामुखले किन रोष्ट्रम छाडेर जान भने ?

    1KShares
    बोलिरहेका अमरेशलाई सभामुखले किन रोष्ट्रम छाडेर जान भने ?

    काठमाडौं ।  स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२\०८३ को बजेटमा विभेद गरिएका ७२ वटा जिल्लालाई लिजमा अरू कुनै देशलाई दिऊँ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बजेटमा प्राथमिकतामा परेका पाँचवटा भाग्यमानीबाहेकलाई अर्को देशमा लिजमा दिऊँ भन्दै कटाक्ष गरेका थिए ।

    बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने ७२ वटा जिल्लाहरूलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरेसँगै नेकपा एमालेका सांसद महेश बर्तौताले नियमापत्ति गरेपछि केही बेर भनाभनको अवस्था आएको हो।

    सिंहले बजेट नै नजाने जिल्लालाई किन नेपालमा राख्ने भन्दै प्रश्नसमेत गरेका थिए । सांसद सिंहको उक्त धारणाप्रति बर्तौलासहित एमालेका सांसदहरूले आपत्ति जनाएका थिए । एमाले प्रमुख सचेतक बर्तौलाले सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे । देशलाई अर्को देशमा गाभिदिऊँ भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताएका थिए ।

    त्यसपछि सभामुख घिमिरेले सांसद सिंहले संसद्‍मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए ।सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिकाप्रति प्रश्न उठाए । सभामुखले दलीय हिसाबले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए ।

    सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जान सिंहलाई निर्देशन दिए । त्यसपछि पनि सांसद सिंहले साना र स्वतन्त्रलाई हेपेको भन्दै आपत्ति जनाएका थिए । सिंहले बरू आफू नबोल्ने निर्धारित समय नसकी ड्यासबाट नओर्लिने अडान लिए । सांसद सिंह माइक काटिएपछि रोष्टमबाट फर्किएका थिए ।



    फास्ट न्युज    
  • २०८२ असार ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट