logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • रूसी सेनाले युक्रेनको नियन्त्रणमा रहेको अर्को ठाउँ कब्जा गर्याे

    820Shares
    रूसी सेनाले युक्रेनको नियन्त्रणमा रहेको अर्को ठाउँ कब्जा गर्याे

    मस्काे । रूसी सेनाले मङ्लबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ । रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो ।

    युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसङ्ख्या करिब एक हजार ४०० रहेको थियो । रूसले पूर्ण रूपमा नियन्त्रण नगरेता पनि सन् २०२२ मा डोनेट्स्कसहित पूर्वी र दक्षिणी युक्रेनका अन्य तीन क्षेत्र कब्जा गरेको जनाएको थियो ।

    कुनै समय लगभग ३० हजार मानिसहरूको बसोबास रहेको टोरेट्स्क सहर हाल रूसी सेनाको निशानामा रहेको छ । पिभ्डेन गाउँ टोरेट्स्क सहरबाट करिब छ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार