काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव छ।यसको प्रभावले आइतबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसारबिहान सातै प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया