logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • झापामा पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

    1.1KShares
    झापामा पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

    झापा । अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

    उनीहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्‍याएका थिए । तर, डाक्टरले उनीहरुलाई मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट