logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

    1.3KShares
    बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

    काठमाडौँ ।प्रतिष्ठित उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ एक समारोहबीच बुधबार सार्वजनिक भएको छ ।

    ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण भयो।कुनैपनि अतिथि बिना गरिएको उक्त कार्यक्रममा उमा सुवेदी,अमर न्यौपाने,वविता बस्नेत,विश्वविमोहन श्रेष्ठ र कुमारी लामाले देवयानीप्रति डिजिटल रुपमै टिप्पणी गरेका थिए ।उनीहरुले बैवाहिक सम्बन्धको वरिपरि उपन्यास घुमेको वताए । वर्तमान समाजको यथार्थ चित्रलाई उपन्यासले चित्रण गरेको कुरामा उनीहरुले जोड दिए ।

    पात्रहरु शक्तिशाली रुपमा उपस्थित गराएर प्रेमका विभिन्न आयामहरुमा उपन्यास लेखिएको भन्दै उनीहरुले नारी मनोविनोदलाई शक्तिशाली रुपमा ल्याएको बताए ।कार्यक्रममा चर्चित रंगमञ्चकर्मी दिव्यदेवले उपन्यासकार चौधरीसँग साक्षात्कार गरेका थिए उक्त कार्यक्रममा एक प्रश्नको उत्तरमा चौधरीले पाँच दशक लामो लेखनीमा पहिलो उपन्यास दुई वर्ष लगाएर लेखेको रहस्य खोले । उनले छोटा कथाहरु लेखेको अनुभवले उपन्यासको कथाको प्लट तयार पार्न सजिलो भएको बताए ।

    उनले आफुले अहिलेसम्म इमान्दार भएर कलम चलाएको बताए ।लेखनीको मूख्य विषय प्रेम नै किन भन्ने प्रश्नमा उपन्यासकार चौधरीले भने- ‘अनादीकालदेखि अहिलेसम्म स्थीर केही छ भने त्यो प्रेम हो । यसैले मैले प्रेमलाई सिर्जनामा रुपान्तरित गरेको हुँ । उपन्यासको कथा बारे सोधिएको प्रश्नमा चौधरीले हरेक लेखकले आफ्नो वरिपरि नियाली रहेको हुन्छ देखेका,सुनेका र आफ्ना भोगाइहरुको समिश्रणबाट कृति तयार हुन्छ । तर यो चाहिं फिक्सन मात्र हो ।’कार्यक्रममा प्रकाशकको तर्फबाट आन्विका गिरीले चौधरी मार्फत नेपाली समाजका छट्पटाहट बोलिएको बताइन् ।
    दर्जनौं विभिन्न विधाका कृति प्रकाशन गरिसकेका उपन्यासकार चौधरीको ‘देवयानी’लाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।



    फास्ट न्युज    
  • २०८२ असार ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट