logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • सत्ता साझेदार एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच दुई पक्षीय छलफल

    1.1KShares
    सत्ता साझेदार एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच दुई पक्षीय छलफल

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच बुधबार साँझ बालुवाटारमा दुई पक्षीय छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत शीर्षनेताहरु सहभागी अनौपचारिक बैठकमा संसदमा विचाराधीन कतिपय विधेयकहरु र सरकारले अगाडि बढाउनुपर्ने कामहरुका विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् ।

    बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजू राणा, गृहमन्त्री रमेश लेखक र ऊर्जामन्त्री दीपक खड्का लगायतको उपस्थिति थियो। ‘बैठकमा विशुद्ध सरकारको बिजनेसबारे छलफल भयो’ बालुवाटारको छलफलमा सहभागी एक मन्त्रीले सञ्चारमाध्यमसँथ भने, ‘विशेष गरी निजामति सम्बन्धी विधेयकमा देखिएको कुलिङ पिरियड लगायतको विवाद, शिक्षा विधेयक र जलस्रोत विधेयकका बारेमा कुराकानी भयो ।’

    सरकारले बजेटमार्फत अगाडि बढाएको हाइड्रोसम्बन्धी नीति र व्यवसायीहरुको गुनासो सम्बन्धमा पनि छलफल भएको सहभागी नेताको भनाइ छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधिसभामा छलफल चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको अवरोधका बावजुद सभामुखले बैठक अगाडि बढाइरहेका छन् ।

    बुधबार भने सहमतिका लागि दलहरुलाई गृहकार्य गर्ने समय दिएको जनाउँदै सभामुखले बैठक राखेका थिएनन् । तर, सभामुखले समय दिए पनि सत्ता पक्ष र प्रतिपक्षबीच भने छलफल हुन सकेको छैन ।यसैबीच, विगतमा शिक्षकहरुसँग भएको सहमतिअनुसार सरकार आगामी असार १५ भित्रै शिक्षा विधेयक पारित गर्नुपर्ने दबावमा छ । त्यसैगरी यसै अधिवशेनबाट निजामति कर्मचारीसम्बन्धी विधेयक पारित गर्नैपर्ने सरकारमाथि दबाव छ ।

    रास्वपा र राप्रपाले संसद अवरुद्ध पारे पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भने दुई बुँदे सहमति गरेर संसदलाई अवरोध नगर्ने सहमति जनाएको छ । भिजिट भिसा प्रकरणमा एक महिनाभित्र छानविन समिति बनाउने गृहमन्त्री रमेश लेखकले संसदबाट प्रतिवद्धता जनाएका छन्।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट