logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • भिजिट भिसा प्रकरण गृहमन्त्री लेखकसँग मात्रै रिलेटेड नभएको प्रचण्डकाे दावी

    1KShares
    भिजिट भिसा प्रकरण गृहमन्त्री लेखकसँग मात्रै रिलेटेड नभएको प्रचण्डकाे दावी

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी गरेका छन् । उनले यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गरे । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताए ।

    उनले भने, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरे ।

    प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताए । उनले भने,’नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् ।’ प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताए । उनले भने, ‘यस्ता सहमति यसरी नै हूँदै अएको थियो ।’



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट