logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा १६९ भारतीय र ५३ ब्रिटिश थिए

    1.1KShares
    एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा १६९ भारतीय र ५३  ब्रिटिश  थिए

    काठमाडौं । भारतको गुजरात स्थित एयर इन्डियाको एआई–१७१ उडान (बोइङ ७८७–८ ड्रिमलाइनर) बिमान विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको बीबीसीले जनाएको छ ।अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक, सातजना पोर्चुगलका नागरिक र एकजना क्यानडेली नागरिक थिए ।

    एयर इन्डियाले बताएअनुसार विमान युकेको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो । प्रहरी अधिकारीहरूले यो विमान विमानस्थल नजिकैको एक नागरिक क्षेत्रमा ठोक्किएर खसेको बताएका छन् । विमानका क्याप्टेन सुमित सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव थियो । सह–विमान चालक (को–पाइलट) सँग १,१०० घण्टाको उडान अनुभव थियो ।

    एयर ट्राफिक कन्ट्रोल (एटीसी) अनुसार, विमानले अहमदाबादबाट १३ः३९ मा रनवे २३ बाट उडान गरेको थियो । यसले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे कल’ गरेको थियो, तर पछि विमानबाट कुनै प्रतिक्रिया आएन । उडानलगत्तै विमान विमानस्थल परिसर बाहिर ठोक्किएर खस्न पुगेको थियो । अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले विमानस्थल अहिले अपरेशनमा नभएको बताएका छन् । अर्को सूचना नआउन्जेल सम्पूर्ण उडान सेवा निलम्बित गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट