logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा फैसला सुनाइँदै

    991Shares
    संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा फैसला सुनाइँदै

    काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज (बुधबार) फैसला सुनाउने भएको छ । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा यही जेठ १ गते अन्तिम सुनुवाइ सकेर आजका लागि फैसला सुनाउने मिति तय गरेको थियो ।

    प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दामा माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो । उक्त इजलासले मुद्दामा सम्मिलित अधिवक्ता तथा कानून व्यवसायीहरूलाई यही जेठ १६ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त गरेको थियो ।

    उक्त नियुक्ति प्रक्रिया अवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । ओलीले नेतृत्व गरेको तत्कालीन संवैधानिक परिषद्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै उपस्थित थिए । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठकमा अनुपस्थित थिए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट