logo

२०८३ जेष्ठ ५ मंगलवार

logo
  • २०८३ जेष्ठ ५ मंगलवार
  • राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

    1.1KShares
    राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

    काठमाडाैं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।  मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।

    समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए। समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए।—न्युज एजेन्सी नेपाल



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट