logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • बमजन कारागार चलान भए

    1.3KShares
    बमजन कारागार चलान भए

    सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका निम्ति कारागार चलानको आदेश गरेको छ ।

    ‘लिटिल बुद्ध’का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलंगवा कारागार चलान गरिएको हो ।सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा बम्जनमाथि ०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

    मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायी अदालतअगाडि जम्मा भएका थिए ।

    यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिग अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले ०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

    त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गएको चैत ६ गते सफाइ दिएको थियो ।

    उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर, सोमबार फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट