काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सिंहदबारमा सत्तारुढ दलका शीर्ष नेताहरूको छलफल लगत्तै बालुवाटारमा ओली–देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायतबारे छलफल भएको स्रोतले जनाएको छ । गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि उठेको प्रश्नबारे पनि उनीहरूबीच छलफल भएको बुझिएको छ ।
त्यस्तै, राजावादीहरूले गणतन्त्र दिवसको दिन पारेर गर्न लागेको प्रदर्शन, आगामी बजेट लगायतका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया