logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • नेपाली महिला क्रिकेट टाेलीले यूएईलाई हरायाे, पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा

    937Shares
    नेपाली महिला क्रिकेट टाेलीले यूएईलाई हरायाे, पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा

    काठमाडौं । नेपाली टोली पहिलो पटक आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । नेपाली टोलीले एक खेलअघि नै उक्त छनोटमा स्थान बनाएको हो। आइतबार भएको ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउन सफल भयो । यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।

    नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो । नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ। ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।

    पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो। त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् । उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन् । नेपालका लागि ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए ।

    पराजित यूएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १/१ विटेक झारे । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो । त्यसक्रममा यूएईकी कप्तान इशाले ३९ रन जोडिन् । ओपनर तीर्थ शतिशको नाममा २१ रन रह्यो । त्यसैगरि हिना होत्चान्डीले २० र लावन्या केनीले १२ रन जोडिन् । बलिङमा नेपालकी मनीषा उपाध्यायले ४ विकेट झारिन्।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट