logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • वैदेशिक व्यापार बढेको तथ्यांक, आयात–निर्यात कस्तो ?

    1KShares
    वैदेशिक व्यापार बढेको तथ्यांक, आयात–निर्यात कस्तो ?

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गएको महिना १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ ।

    गएको आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ ।

    साउनमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको पेट्रोल, ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको डिजेल र ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको हो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट