logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • संसदका दुबै सदनको बैठक बस्दै

    979Shares
    संसदका दुबै सदनको बैठक बस्दै

    काठमाडौं।संघीय संसदको दुवै सदनको बैठक मंगलबार बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ मा बस्ने कार्यसूची छ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको हो ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट