काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेस जाँदैछन्।उनी आज बारा र महोत्तरी जान लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन्।
‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु। तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ उनले भनेका छन्।
देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन।पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन।
यसअघि नै संघीय सरकारले मन्त्रीपरिषद्द्धारा निर्णय गरी मधेस प्रदेशलाई सुख्खाक्षेत्र घोषणा गरिसकेको छ ।
मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया