logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • माैसमः विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षा हुने

    949Shares
    माैसमः विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षा हुने

    काठमाडौं । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट