logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • चैतमा देशभर झन्डै १० हजार मुद्दा दर्ता

    946Shares
    चैतमा देशभर झन्डै १० हजार मुद्दा दर्ता

    काठमाण्डाै । गएको चैत महिनामा देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार चैतमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यका १ हजार २ सय ६९ वटा मुद्दा दर्ता भएका छन् ।

    यस्तै प्रदेशगत रूपमा मधेशमा सबैभन्दा धेरै ८ सय ८९ वटा र कर्णालीमा सबैभन्दा कम १ सय ६२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ७ सय ७२, बाग्मतीमा ४ सय ८५, गण्डकीमा ३ सय ६७, लुम्बिीमा ६ सय २२ र सुदूरपश्चिमा ३ सय ४९ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

    चैत महिनामा सबैभन्दा धेरै सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या कुल मुद्दाको २२ दशमलव २८ प्रतिशत रहेको प्रहरीले जनाएको छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६ सय ८१, आत्महत्याका ६ सय ३६, लागूऔषधका ४ सय ७४, चोरीका २ सय ९७, ठगीका १ सय ८३, सवारी ज्यानका १ सय ४९, ज्यान मार्ने उद्योगका १ सय १ र कर्तव्य ज्यान मुद्दाका ३९ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता दर फागुन महिनाको तुलनामा चैतमा १० प्रतिशतले बढेको प्रहरीले जनाएको छ । फागुनमा ४ हजार ४ सय ६८ वटा मुद्दा दर्ता भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट