logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • शशांक निवासमा काङ्ग्रेसका पूर्वपदाधिकारीकाे भेला

    1KShares
    शशांक निवासमा काङ्ग्रेसका पूर्वपदाधिकारीकाे भेला

    काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले महाराजगञ्जस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् । बिहीबार आयोजना गरिएको भेलामा काङ्ग्रेसका आधा दर्जनभन्दा बढी पूर्वपदाधिकारी भेला भएका थिए ।

    काङ्ग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा. कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा. कोइरालाको चियापानामा नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी साउदलगायत नेता उपस्थित भएका थिए ।

    काङ्ग्रेसका प्रवक्तासमेत रहेका डा महत सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । यस्तै साउद पनि केही समय अघिसम्म देउवाका विश्वासपात्र थिए । अहिले भने देउवासँग उनको दूरी केही बढेको बताइन्छ । बाँकी नेतामध्ये अधिकाङ्श कुनै न कुनै समय सभापति देउवानिकट भएर काम गरेकामा पर्छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट