logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • सिरिया शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी परे छानबिनमा

    1KShares
    सिरिया शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी परे छानबिनमा

    काठमाडौं । सिरिया शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी छानबिनमा परेका छन् । उनीहरु संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएका थिए । गत चैत २१ गते सिरियाबाट फर्किएका १ सय ९७ शान्ति सैनिकमध्ये ३० जनालाई नियन्त्रणमा लिएर सेनाले सोधपुछ थालेको जानकारी दिएको छ।

    सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको जनाइएकाे छ ।

    सिरियास्थित यूएनडीओएफ मिसनमा खटिएका मध्ये चैत २१ गते १९७ जना शान्ति सैनिक मिसन कमान्डर प्रमुख सेनानाी दिनेशकुमार खड्काको नेतृत्वमा नेपाल फर्किएका थिए । बाँकी शान्ति सैनिक बुधबार आएका छन्।

    जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् । सैनिक प्रहरी गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘मुख्य अधिकृतहरू अझै नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ’, एक सैनिक अधिकृतले भने, ‘छानबिनका क्रममा कैफियत देखिए कोर्ट मार्सल हुन्छ, नभए थप कारबाही अघि बढ्दैन ।’

    सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार